TharuExpress
समाचार स्थानिय स्वास्थ्य

सखुवाप्रसौनी गाउँपालिकाले आफना पालिकाका बिरामीहरुको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु

भदौ,१२, विरगंज

पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आफना पालिकाका कोहि पनि व्याक्ति बिरामी परे उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा लैजानु परे निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरेको छ । गाउँपालिलाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले भदौं १ गते देखि नै पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिसकेको जानकारी दिएका हुन् । उनका अनुसार पालिकामा दुइ वटा एम्बुलेन्स उपलब्ध छन् । मधुवन मथलव स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेका दुइ वटा एम्बुलेन्स , पालिकाका सेवाग्राहीका लागि भदौ १ गते देखि नै निशुल्क उपलब्ध गराउन थालिएको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले बताए । गाउँपालिकाको नवौँ गाउँ सभाबाट पारित भएको निर्णय बमोजिम भदौं १ गते देखि यो सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । तर सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने ईन्धन खर्च सेवाग्राही स्वंयले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए । यसैगरि सखुवाप्रसौनी गाउँपालिका बाहेकका अन्य नागरिकको हकमा भने साविक बमोजिम नै एम्बुलेन्स भाडा लागु हुने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

थारु एक्सप्रेस

सशस्त्र प्रहरीद्वारा विष्फोटक पदार्थ पटाका बरामद

थारु एक्सप्रेस

जिसस पर्साको निर्वाचनमा जसपा-एमाले गठबन्धनको प्यानल विजयी

ranjityadav