TharuExpress
समाज स्थानिय

भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा

भाद्र १२ काठमाडौं । सनीबार  रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ ।

बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

 

 

content left

यस्तै, बल्खु खोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भईरहेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले बिहान ८ बजेसम्म सतर्कता अपनाउन भनेको छ ।

आज आइतबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । भारी वर्षाको सम्भावना क्षेत्रहरुमा बाढी पहिरोको जोखिम रहेकाले सचेत आग्रह गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दुधेश्वरनाथ महादेव मन्दिर निमार्ण तथा संरक्षण समिति भाथाको साधारणसभा सम्पन्न

थारु एक्सप्रेस

थारू कल्याणकारी सभा,पर्साद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…..

थारु एक्सप्रेस

थारु कल्याणकारी समिति पर्साद्वारा थारु समुदायका व्यक्तित्वहरु समानित

थारु एक्सप्रेस