TharuExpress
Uncategorized

ठोरीको वृद्ध–वृद्धा आश्रममा उपकार सेवा नेपालको मानवीय सहयोग

१५ पुस, ठोरी ।
उपकार सेवा नेपालले सधैंझैँ ठोरी गाउँपालिका वडा नं. १, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूको उपभोगका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग उपलब्ध गराएको छ।
संस्थाले चामल ३० केजीका २ बोरा, दाल ७ केजी, खाने तेल, नून, सोयाबिन १० केजीको १ बोरा, फिनाइल, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानीलगायत आवश्यक दैनिक उपभोग्य सामग्रीहरू व्यवस्थापन गरेको हो।
आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई आयोजित एक कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो।
उपकार सेवा नेपालले उक्त आश्रमका लागि प्रत्येक महिना नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको संस्थाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा जिल्लाका ग्रामीण किसानहरु बर्षेवाली धानको खेती गर्न बिभिन्न समस्याक्षरुको घेरामा परेका गुनासो

थारु एक्सप्रेस

मिस्टर एन्ड मिस थारू बिरगंजमा दोस्रो पटक छ्नवटहुदै

थारु एक्सप्रेस

बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा आज बिहान करिब पाच सय जना जल भर्न प्रस्थान

थारु एक्सप्रेस