TharuExpress
समाचार

डा. कृपासिन्धु चौधरी जसपा नेपालमा प्रवेश, पर्सा–४ बाट उम्मेदवार तय

वीरगंज मंसिर २७।
नेपाली काङ्ग्रेस पर्साका महाधिवेशन प्रतिनिधि तथा बौद्धिक व्यक्तित्व डा. कृपासिन्धु प्रसाद चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

जसपा नेपालको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा डा. चौधरीले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेका हुन्। सो अवसरमा अध्यक्ष यादवले खादा, माला र अबिर लगाएर डा. चौधरीलाई पार्टीमा स्वागत गरे।

डा. चौधरी ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्जका पूर्व क्याम्पस प्रमुख, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापकसमेत हुन्।

content left

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार आउँदो प्रतिनिधिसभा निर्वाचनमा डा. चौधरी पर्सा क्षेत्र नम्बर ४ बाट जसपा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा तय भएका छन्।

राजनीति, शिक्षा र योजना निर्माण क्षेत्रमा लामो अनुभव बोकेका डा. चौधरीको पार्टी प्रवेशले पर्सा जिल्लामा जसपा नेपालको संगठन थप सुदृढ हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सागाढ़ी नगरपालिकामा दैनिक रुपमा वनजंगल फडानी हुदै

थारु एक्सप्रेस

लागुऔषधविरुद्ध जनचेतना फैलाउन वीरगञ्जमा नेपाल–भारत मैत्री युवा संघको अभियान

थारु एक्सप्रेस

‘गुलाब एकता युवा क्लब”द्वरा पर्साको समुदायक भवनमा १ दिने निशुल्क आँखा शिविर  कार्यक्रम सम्पन

थारु एक्सप्रेस