TharuExpress
समाज

पर्सामा सशस्त्रद्वारा ९१ किलो गाँजा बरामद

ठोरी २५ मंसिर । पर्सामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ लैजाँदै गरिएको अवस्थामा ठोरी गाउँपालिका–४, निर्मल बस्तीबाट ९१ किलो गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

फेला परेको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीको भनाइ छ। सिमावर्ती क्षेत्रमा भइरहेका तस्करी तथा लागुऔषध ओसारपसारले समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भन्दै सशस्त्र प्रहरीले पर्सा क्षेत्रमा निगरानी अझ कडा बनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जन का अनुसार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन नियमित गस्ती र कारबाही निरन्तर जारी राखिएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याण कारिणी पर्सा द्वरा ज्ञापन पत्र….

थारु एक्सप्रेस

कामना सेवा विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सवमा खुल्ला रक्तदान गरियो

थारु एक्सप्रेस

“”ओ साथी रे””थारू मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

थारु एक्सप्रेस