TharuExpress
मुख्य समाचार

प्रधानमन्त्री शेरबहादुर देउवालेआदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएकोदाबी

काठमाण्डाै२४  – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बताउनुभएको छ ।

२८ औँ विश्व आदिवासी दिवसको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार उनीहरूको हक, अधिकार र सुविधा दिने काममा पनि सरकार सधैँ क्रियाशील रहेको बताउनुभयो । आदिवासी, जनजातिको पहिचान गर्ने र उनीहरूको भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उहाँले स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिको पहिचान गर्ने, उनीहरूको भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने काम मेरो नेतृत्व रहेको यसअघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिको उत्थान नभइ देशलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासत् गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिको उत्थान गरेर मात्रै देशको समुन्नति हुने भएकाले आफ्नाे पार्टीले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गर्नुभयो । उहाँले एमालेले अघि सारेको समृद्ध देश बनाउने अभियानमा आदिवासी, जनजाति अटाउन नसक्ने जिकिरसमेत गर्नुभयो । कांग्रेसले मात्रै उनीहरूको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो ।

 

अन्तिम अपडेट: साउन २४, २०७९

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

थारु एक्सप्रेस

नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा २९औं आदिवासी जनजाती दिवस मनाइयो ………

थारु एक्सप्रेस