TharuExpress
मुख्य समाचार

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

 

unn.prixa.net

unn.prixa.net

 

content left

काठमाण्डाै१७ साउन- नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ ।

मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपरासी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बाँके, बर्दिया, कैलाली, डोटी, दार्चुला र आसपासका साना नदीमा पनि बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघर चोकमा आयोजना गरिएको रक्तदानमा ६२ पोका रगत संकलन

थारु एक्सप्रेस

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै

थारु एक्सप्रेस