TharuExpress
मुख्य समाचार

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

 

unn.prixa.net

unn.prixa.net

 

content left

काठमाण्डाै१७ साउन- नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ ।

मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपरासी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बाँके, बर्दिया, कैलाली, डोटी, दार्चुला र आसपासका साना नदीमा पनि बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानी गाउँपालिकामा ट्याङ लागेर एक जना महिला गम्भीर घाइते,एक दर्जन भन्दा बढी विद्युतीय उपकरणमा समेत क्षति

थारु एक्सप्रेस

कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

थारु एक्सप्रेस

आदित्य कलेजमा नेपाली बिद्यार्थीहरुको आर्कषण बढदै

थारु एक्सप्रेस