१९ पर्सा आर .के चौधरी / पर्साको सखुवाप्रसौनी गाउँपालिका अन्तर्गतमा रहेका स्वास्थ्य चौकीहरु मा रहेका स्वास्थ्यकर्मी,स्वाम सेविकाहरुले १९ औ महिला सामुदायिक स्वास्थ्य स्वम सेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाले सोमबार रैली निकाली हाजरी जवाफ प्रतियोगिता गरेका थिए।सखुवाप्रसैनी गाउँपालिकाको वडा २ को स्वास्थ्य चौकीबाट निकालेको रैली वरिपरिका गाउँ टोलम परिक्रमा गरि श्री दिपनरायण अदर्श नमुना माध्यमिक विधालयको सभा हल मा वडा १ देखि ६ सम्मका स्वास्थ्य चौकीहरुमा रहेका स्वम सेविकाहरु बिची वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि दिवस मनाएका थिए ।प्रथम हुने समुहलाई रु.५०००/- दोस्रो हुनेलाई रु.४०००/- तेस्रो हुनेलाई रु.३०००/- पुरस्कारको व्यवस्था गरेको थियो।महिला स्वाम सेविकाहरुलाई सोही अवसरमा प्रोत्साहन गर्न गाउँपालिकाले बेग,छाता र टर्चको व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जनकारी गराउनु भएको छ।प्रतियोगितामा बिजय प्रप्त गरेका समुहलाई नगद पुरस्कार संगै स्वाम सेविकाहरुलाई बेग,छाता र टर्च गाउँपालिका अध्यक्ष जसवन्त यादवले बितरण गर्नु भए थियो।
