TharuExpress
Uncategorized

गायक प्रशान्त तामाङको निधन

२७ पुस।
नेपालीभाषी गायक तथा इण्डियन आइडलका विजेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय समाचार संस्था आजतकका अनुसार तामाङको हृदयघातका कारण मृत्यु भएको हो।
नेपाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका तामाङले दर्जनौँ लोकप्रिय नेपाली गीत गाएका थिए। साथै उनले केही नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए। भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडलको उपाधि जितेपछि उनी नेपाल तथा भारतमा व्यापक रूपमा चर्चित बनेका थिए।
उनको आकस्मिक निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रशंसक, कलाकार तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

बिल बिजकभन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा

थारु एक्सप्रेस

ठोरी–३ मा मध्यराति प्रहरीको छापा, डेढ क्युन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

थारु एक्सप्रेस