TharuExpress
Uncategorized

जीवन र मृत्युको संघर्षमा रहेका उमेश महतोलाई मलेसियाबाट सहयोग

रौतहट २४ पुष।
मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ हजमिनिया दरबार निवासी २४ वर्षीय उमेश महतो ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई विगत करिब डेढ वर्षदेखि उपचाररत छन्। लामो समयदेखि निरन्तर उपचार भइरहेको भए पनि आर्थिक अभावका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।
उपचारका क्रममा परिवारले आफ्नो स्वामित्वमा रहेको घडेरीसमेत धितो राखी ऋण लिएर हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर उपचारलाई निरन्तरता दिन अझै करिब ४ लाख रुपैयाँ आवश्यक रहेको पीडित परिवारले जनाएको छ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्जका सामाजिक अभियंता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसिया (सेरेम्बान दलान) मा आबद्ध साथीहरूको सहयोगमा उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो।
हाल उमेश महतो अत्यन्तै पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या भइरहेको भन्दै परिवारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग सहयोगका लागि हार्दिक अपील गरेका छन्।
पीडितका आमाले संघ, प्रदेश र स्थानीय सरकारका निकाय हुँदाहुँदै पनि हालसम्म कुनै पनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियंता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सन्जय कुमार सहनी, समाजसेवी नवीन कुमार सिंहलगायतको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले मानवीय सहयोग र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गरिदै

थारु एक्सप्रेस

पर्सा–४ मा बहुपक्षीय प्रतिस्पर्धा, पुराना र नयाँ अनुहारको महाभिडन्त

थारु एक्सप्रेस

वीरगन्ज महानगर क्षेत्रमा एकैसाथ डेंगु र स्क्रब टाइफसका बिरामी फेला

थारु एक्सप्रेस