TharuExpress
Uncategorized

सखुवाप्रसौनी–१ मा दलित तथा अति विपन्न नागरिकलाई न्यानो कम्बल वितरण

रामकिशोर चौधरी सखुवाप्रसौनी १९ पुस।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ मा दलित तथा अति विपन्न नागरिकहरूलाई लक्षित गर्दै जाडोयाममा राहतस्वरूप न्यानो कम्बल वितरण गरिएको छ।
सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का अध्यक्ष बासुदेव महतो थारुको पहल तथा नेतृत्वमा आयोजित उक्त कार्यक्रममा वडाभित्रका दलित, अति विपन्न, वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर परिवारहरूलाई न्यानो कम्बल प्रदान गरिएको हो।
कार्यक्रमस्थलमा टाँसिएको ब्यानरमा “दलित तथा अति विपन्न नागरिकलाई जाडोयामको कपडा वितरण” भन्ने सन्देश उल्लेख गरिएको थियो। वडाध्यक्ष महतो थारुले जाडो मौसममा गरिब तथा असहाय नागरिकहरू न्यानोको अभावमा नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्बल प्राप्त गरेका लाभग्राहीहरूले वडाध्यक्ष तथा वडा कार्यालयप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्।
वडा कार्यालयले आगामी दिनहरूमा पनि सामाजिक सुरक्षा तथा राहतसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्ज महानगरपालिका कार्यालयआज बिहान ११ बजे पछि बन्द

थारु एक्सप्रेस

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस

थारु एक्सप्रेस

सखुवाप्रसौनी गाउँपालिकामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन

थारु एक्सप्रेस