TharuExpress
Uncategorized

बार डे–२०८२ को अवसरमा वीरगञ्जमा प्रभातफेरी सम्पन्न

वीरगञ्ज, पुस ७ ।
न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बार एसोसिएशनको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन भएको थियो।
ब्यानर तथा प्लेकार्डसहित बिहान ७ बजे सुरु भएको प्रभातफेरीमा कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रभातफेरीपछि आयोजित कोणसभामा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका अध्यक्ष शैलेन्द्र वर्माको अध्यक्षता रहेको थियो। कार्यक्रममा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका सचिव प्रज्वलन अधिकारी, नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष सुधीर कर्ण तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वीरगञ्ज स्कुल अफ लमा अध्ययनरत बी.ए.एल.एल.बी. तहका विद्यार्थीहरूको पनि भव्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसन वीरगञ्जका कार्यसमिति सदस्य चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो।
कोणसभामा विशिष्ट अतिथिहरू सुधीर कर्ण र रामनारायण कुर्मीले बार डे–२०८२ को अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कानूनको शासन, स्वतन्त्र न्यायपालिका तथा मानव अधिकारको संरक्षणमा बारको भूमिकालाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सखुवाप्रसौनी गाउँपालिकामा डिजिटल हिंसाविरुद्ध कचहरी नाटक प्रदर्शन

थारु एक्सप्रेस

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस

थारु कल्याणकारी समिति पर्साको उपाध्यक्ष गौतम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यू

थारु एक्सप्रेस