TharuExpress
Uncategorized

बाली बिमाको रकम नपाएपछि बाराको किसानहरु आन्दोलनमा उत्रिए

 

 

वीरगन्ज,१२ असोज : बाली बिमाको रकम नपाएपछि बाराको निजगढका केरा आन्दोलनमा उत्रिएका छन् । चाडबाड नजिकिंदै गर्दा समेत बाली क्षतिपूर्ति बापतको बीमा रकम नपाउँदा आर्थिक समस्यामा परेको भन्दै केरा किसानहरुले मङगलबार निजगढमा प्रदर्शन गरेका हुन् ।

हावाहुरी, असिनापानीका कारण केराको बोट ढलेर नष्ट भएकोमा क्षतिपूर्तिको लागि करीब ६ महीना सम्म पटक–पटक बीमा कम्पनीमा ताकेता गर्दा समेत अहिलेसम्म बीमा कम्पनीले रकम उपलब्ध नगराएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

content left

निजगढ नगरपालिका भित्र मात्रै लगभग १५ सय बिघामा केराखेती हुदै आएकाो । जसमा एक हजार भन्दा बढी व्यावसायिक केराखेती गर्ने किसानहरू आबद्ध रहेको बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जनाएको छ ।

 

 

निजगढका करीब अढाई सय केरा किसानले केराखेतीको बीमा गरेका छन् । निनजगढका किसानहरूले करीब चार करोड ५० लाख रुपैया बराबर क्षतिपूर्ति रकम पाउनुपर्ने बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जानकारी दिएको छ । हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी मार्फत निजगढकाा केरा किसानहरूले केराखेतीको बीमा गरे पनि कम्पनीले विभिन्न बहाना देखाउँदै पीडित किसानहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन ढिला गरिरहेको आन्दोलित किसानहरूको आरोप छ ।

 

 

 

यथाशीघ्र बीमा रकम उपलब्ध गराइदिन आग्रह गर्दै पीडित किसानहरूले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।

हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी, सिमराका प्रमुख शंकर पौडेलले भने किसानहरूलाई बीमा रकम समयमा नै उपलब्ध होस् भनी आवश्यक प्रक्रिया अघि बढाइ मुख्य कार्यालयमा फाइल समयमा नै पठाइसकेको बताए ।

 

कृषि बीमा निर्देशिकामा प्रतिकट्ठा ५५ बोट केराबाली लगाउन तोकिए पनि निजगढका किसानहरूले निर्देशिकामा तोकिएभन्दा बढी संख्यामा केराको बोट लगाउने गरेको पाइएको बीमा कम्पनीबाट खटाइएको सर्भे टोलीबाट जानकारीमा आएको शाखा प्रमुख पौडेलले बताए । तोकिएको संख्या भन्दा बढी बोटबाट उत्पादन लिन खोज्दा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक विपत्तिमा उच्च क्षति हुने सम्भावना बढ्छ ।

 

पीडित किसानहरूलाई यथाशीघ्र बीमा रकम उपलब्ध गराउन भन्दै बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघका अध्यक्ष एकबहादुर श्रेष्ठ सहितको टोलीले सङ्घीय कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरी किसानहरूको समस्यालाई छिटो सम्बोधन गरी बीमा रकम उपलब्ध गराउन माग गरेको थियो ।

पीडित किसानहरूको समस्यालाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गरिने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ज्ञानवाटिका माविमा ५५ लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने

थारु एक्सप्रेस

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

थारु एक्सप्रेस

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्यो, अहिलेसम्मकै महँगो

थारु एक्सप्रेस