असोज १० बीरगन्ज । पर्सामा चट्याङ लागेर एक बालकको मृत्युु भएको छ । जना घाइते पनि भएका छन् ।
सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर बीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो ।
छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खस्दा साे धटना भएकाे हाे । त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।
उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको अस्पतालले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
घाइते मध्ये अर्जुनको अवस्था गम्भिर रहेकाे छ भने उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।
त्यसै गरी सोमबार बिहान चट्याङले लागेर पर्साको बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टीका २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । उनलाइ शौचालय जाने क्रममा चट्याङले लागेको थियो र उनकाे पनि नारायणी अस्पतालमै उपचार भइरहेकाे र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
