वीरगन्ज, २६ मंसिर । वीरगन्ज प्रहरीले लागू औषध कारोबारमा संलग्न रहेको समूहका चार जनालाई ७६ हजार १७० पिस ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज–२४ रामगढवाका युवराज पटेल (२०), अफजल देवान (२१), धादिङ बेनिघाट–रोराङ–६ का रामहरि मगर (१९) र धादिङ सिद्धलेक–७ का राजकुमार मगराती (१९) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदीपराज पाठकले उनीहरूलाई सार्वजनिक गरेका हुन्।
प्रहरीका अनुसार मंसिर २३ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगन्ज–१५ प्रतिमा चोकमा रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी माइक्रोबसमा खानतलासी गर्दा ठूलो मात्रा लागू औषध बरामद भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस
