TharuExpress
राष्ट्रिय

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा चार नयाँ मन्त्री थप

काठमाडौं २६ मंसिर।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा चार जना मन्त्री थपिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न साढे ३ बजे शीतल निवासमा राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका हुन्।

आज शपथ लिने मन्त्रीहरूमा

श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,

content left

कुमार इङ्नाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,

राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र

माधव चौलागाईं – वन तथा वातावरण मन्त्रालय
समेत छन्।

यससँगै मन्त्रिपरिषदको सदस्य संख्या १४ पुगेको छ।

भूमि मन्त्रालय सम्हालेका कुमार इङ्नाम ‘काठमाडौ स्कुल अफ ल’ का प्राध्यापक हुन्। अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नामले यसअघि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा समेत अध्यापन गरेका थिए।

श्रम मन्त्रालय पाएका राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का संस्थापक प्रमुखसमेत रहे।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाइएका माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। कर्णाली क्षेत्रमाथि गहन अध्ययन गर्ने चौलागाईंको ‘सपादलक्ष कर्णाली’ पुस्तक प्रकाशित छ। उनले लेखेको ‘मान्ठ हुँ म मान्ठ’ गीत पछिल्लो समय निकै चर्चामा आएको थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्न पुगेकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन्। उनी ‘सस्टेनेबल टुरिजम’ परियोजनाको प्रमुखसमेत रहेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने पर्साका १२ पालिका प्रमुखलाई जरिवाना

थारु एक्सप्रेस

हेटौडामा ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिदा बाबु छोरीको मृत्यु 

ranjityadav

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

थारु एक्सप्रेस