वीरगञ्ज १६ भाद्र तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै सेट्टिंगमा पर्सामा ठूलो तस्करी सञ्चालनमा आएको समाचार प्राप्त भएको छ । केहि महिना रोकिएको तस्करी चाडपर्व शुरु हुनै लाग्दा ठुलो गिरोह नै तस्करीमा लागेका छन ।
सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरका सादा पोशाकका घुमुवा आलम, पर्साका तत्कालिन सशस्त्र प्रहरी उपरिक्षक घुमुवा सुदर्शन बैठा,जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत सशस्त्र प्रहरी हवल्दार प्रमोद बैठाले नुन देखि सुन सम्म अवैध कारोवार गर्ने कारोबारीहरु संग रकम लिई अवैध लाईन संचालन गर्न मातहतका युनीटलाई निर्देशन दिएका छन ।
सशस्त्र प्रहरीहरूको संरक्षणमा नै अहिले सीमावर्ती र मुख्य नाका हुँदै पर्साको अलौ , छपकैया , अमरपट्टी , प्रसौनी , जानकीटोला , धोरे , सिक्टा भिस्वा , पाडेपुर , सबैठवा लगायतका नाकाबाट कपडा, कबाड़, भैंसी, मोटर पार्टस लगायतका समाग्रीको खुलेयाम तस्करी भइरहेको छ ।
