पर्सा २८ जेष्ठ थारु कल्याणकारी पर्साका नव निर्वाचित पदाधिकारीहरुले सपथग्रहण लिएका छन। बि.स.२०७९ चैत्र १७ गते भएको जिल्ला अधिबेशनमा था.क.स पर्साका अध्यक्ष रामेश्वर महतो,ब.उपाध्यक्ष भागवत प्रसाद थारु,महिला उपाध्यक्ष अर्चना चौधरी,सचीव मनोज चौधरी,सहसचिव बैजनाथ प्रसाद महतो,र बाकी सदस्यहरु आगामी बैठकमा निर्णय गर्ने गरि गरिएको थियो।
कार्यक्रममा केन्द्रिय सदस्य बृजमोहन चौधरी,केन्द्रिय पार्सद महेन्द्र चौधरी, नन्दकिशोर पन्जियार,रास्ट्रिय योजना आयोगका सदस्य रामाकान्त गौरो,रामराज चौधरी,मोहन दास,महादेव महतो,पटेर्वा सुगौली गापा अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो,जिरा भवानी १ वाडा अध्यक्ष रामेश्वर खावास,पुर्ब वाडाअध्यक्ष उमेश कुमार शिह र गाउसमाजका बुधी जिबी, आगुवा समेतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण सचीव मनोज चौधरीले गर्नुभएको थियो।
