पर्सा बीरगंज १३ भाद्र वीरगंज महानगरपालिकाको वडा नम्बर १० स्थित आदर्श नगर सडक खण्डबाट सो ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको अधारमा ना। २ ख ९००४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ बराबरको लत्ता कपडा लगायत खुद्रा समान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनु भयो ।
प्रहरीले नियन्त्रणमा लिइएको ट्रक तथा बरामद गरिएको माल सामानलाई थप अनुसन्धान तथा कारवाहीका लागि बारा जिल्लाको जितपुर वडा नम्बर १ पथलैयामा अवस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको पनि वहाँले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस
