TharuExpress
आर्थिक

सिगाही खोलामा मापदण्डविपरीत उत्खनन र एउटै बिलबाट ५ टिपसम्म ढुवानीको आरोप, पर्सागढी नगरपालिकाको अनुगमनमाथि प्रश्न

बीरगंज  , कार्तिक १५

 

भारतको रक्सौलस्थित मेन रोडमा श्रीमान्–श्रीमती शोरुमको पछाडि रहेको स्थानमा ‘सजालय फर्निशिङ’को दोस्रो शोरुमको भव्य उद्घाटन गरिएको छ। वैदिक मन्त्र उच्चारण तथा धार्मिक विधिअनुसार आयोजित समारोहमा प्रतिष्ठानका सञ्चालक अशोक अग्रवालकी माताजी बिमला देवी र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री श्याम बिहारी प्रसादले संयुक्त रूपमा रिबन काटेर शोरुमको शुभारम्भ गर्नुभएको हो।

ग्राहकको बढ्दो माग, विश्वास र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै दोस्रो शाखा विस्तार गरिएको सञ्चालक अशोक अग्रवालले बताउनुभयो। उहाँका अनुसार दशकौँदेखि रक्सौलमा सञ्चालन हुँदै आएको अशोक रूई धुनाइ केन्द्रबाट प्राप्त व्यावसायिक अनुभव र ग्राहकसँगको विश्वासलाई निरन्तरता दिँदै करिब चार वर्षअघि सजालय फर्निशिङ सुरु गरिएको थियो।

content left

नयाँ शोरुममा सोफा सेट, बेड, गद्दा, पर्दा, बेडसिट, कुशन, कार्पेट, ब्लाइन्ड्सलगायत घरको आन्तरिक सजावटसँग सम्बन्धित विभिन्न सामग्री उपलब्ध छन्। साथै कर्ल–अन, किङ कोइल, डी’डेकोर, स्पेसेस र वेलस्पनजस्ता प्रतिष्ठित ब्रान्डका उत्पादनसमेत ग्राहकले छनोट गर्न सक्नेछन्।

प्रतिष्ठानको व्यवस्थापन सम्हालिरहेका नीलेश अग्रवालले ग्राहकको रुचि, आवश्यकता र बदलिँदो समयअनुसार नयाँ डिजाइन तथा आकर्षक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो। गुणस्तरीय उत्पादनसँगै किफायती मूल्यमा सामग्री उपलब्ध गराउने प्रतिष्ठानको प्राथमिकता रहेको उहाँको भनाइ छ।

कार्यक्रममा भारत विकास परिषद् शाखा रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले अशोक अग्रवाललाई दोस्रो शोरुम सञ्चालनमा ल्याएको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उनीहरूले दोस्रो शाखाको विस्तारले रक्सौलको व्यावसायिक गतिविधि र होम डेकोर बजारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। घरलाई सुन्दर र आकर्षक बनाउन आवश्यक सामग्री एउटै छानामुनि उपलब्ध हुनु ग्राहकका लागि थप सुविधाजनक हुने उनीहरूको भनाइ थियो।

उद्घाटन समारोहमा कुसुम अग्रवाल, रमेश धानोठिया, दिनेश धानोठिया, सुरेश धानोठिया, गणेश धानोठिया, नारायण रुंगटा, विजय केशान, हेमन्त अग्रवाल, बिमल सर्राफ, विनय अग्रवाल (गट्टूजी), प्रीति सर्राफ, आद्या सर्राफलगायत व्यवसायी, समाजसेवी, सञ्चारकर्मी सञ्जय दास थारु तथा नगरका विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

दोस्रो शोरुम सञ्चालनमा आएसँगै सजालय फर्निशिङले रक्सौल तथा आसपासका क्षेत्रका ग्राहकलाई घर सजावटका सामग्री छनोट गर्न थप विकल्प र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्जमा दुइ करोडको सामान सहित तीन वटा ट्रक पक्राउ

ranjityadav

केन्द्र सरकारबाट पर्सा जिल्लालाइ पाँच अर्ब बजेट

ranjityadav

गरिमा विकास बैंकका ऋणीद्वारा प्रहरी कार्यालय मलंगवामै आत्मदाहको प्रयास

थारु एक्सप्रेस