TharuExpress
समाचार

ठोरी गाउँपालिकामा इन्धनमा १ करोड ८ लाख खर्च, योजनागत बजेट र निर्णयबिनै भुक्तानी

बीरगंज , कार्तिक ९

पर्साको ठोरी गाउँपालिकाले कार्यालय प्रयोजन तथा विभिन्न योजना र निर्माणसम्बन्धी शीर्षकमा इन्धन खरिदका लागि १ करोड ८ लाख १ हजार १२४ रुपैयाँ भुक्तानी गरेको छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार तटबन्ध, बाँध निर्माण तथा ग्रामीण सडक स्तरोन्नतिलगायतका शीर्षकबाट मात्रै ८५ लाख ३५ हजार १२४ रुपैयाँ इन्धनमा खर्च गरिएको छ।

content left

तर, कुन योजनाका लागि कति इन्धन आवश्यक पर्ने र कति खर्च गर्ने भन्ने विषयमा गाउँ कार्यपालिकाबाट बजेट विनियोजन वा स्पष्ट निर्णय नगरी इन्धनका बिलका आधारमा भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

योजनागत रूपमा इन्धन खर्चको सीमा निर्धारण तथा स्पष्ट निर्णयबिना बिलका आधारमा भुक्तानी गर्दा खर्चको औचित्य र पारदर्शितामाथि प्रश्न उठ्न सक्ने देखिन्छ। सार्वजनिक रकमको प्रभावकारी उपयोग सुनिश्चित गर्न योजनाअनुसार बजेट विनियोजन, इन्धन खपतको मापदण्ड निर्धारण र खर्चको उचित अभिलेख राख्न आवश्यक देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

जिराभवानी मन्दिरको सार्वजनिक शौचालय जीर्ण, दर्शनार्थीलाई सास्ती

थारु एक्सप्रेस