TharuExpress
समाचार

सखुवा प्रसौनी गाउँपालिकाको इन्धनमा ७२ लाखभन्दा बढी खर्च, अभिलेख र मापदण्डबिनै भुक्तानी

बीरगंज , कार्तिक ९

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले जनप्रतिनिधि, कार्यालय प्रयोजन, एम्बुलेन्स तथा अन्य प्रयोजनका लागि इन्धनमा ७२ लाख ७५ हजार ८२० रुपैयाँ खर्च गरेको छ।

प्रतिवेदनअनुसार गाउँपालिकाले इन्धनमा ठूलो रकम खर्च गरे पनि सवारीसाधन प्रयोग गर्ने पदाधिकारी तथा कर्मचारीले प्रयोग गरेको इन्धनको अभिलेख व्यवस्थित रूपमा राखेको देखिएको छैन।

content left

त्यस्तै, गाउँपालिकाले हेभी मेसिनको सञ्चालन अवधि तथा ती मेसिनले खपत गर्ने इन्धनको मापदण्डसमेत तयार नगरी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

इन्धन खर्चको स्पष्ट अभिलेख र खपतसम्बन्धी मापदण्ड नहुँदा खर्चको औचित्य, पारदर्शिता तथा नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठ्न सक्ने देखिन्छ। सार्वजनिक स्रोतबाट हुने खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सवारीसाधन तथा हेभी मेसिनको सञ्चालन विवरण, इन्धन खपतको मापदण्ड र खर्चको नियमित अभिलेख राख्न आवश्यक देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

हनुमान अंश फिल्मको अवसरमा सनातन हिन्दू मोर्चाद्वारा वीरगञ्जमा लड्डु वितरण

थारु एक्सप्रेस

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

सुबोध स्मृति पुरस्कारबाट पत्रकार गोविन्द देवकोटा सम्मानित

थारु एक्सप्रेस