TharuExpress
Uncategorized

संविधान दिवसमा सखुवाप्रसौनी–२ को थारुहट पार्कमा सरसफाइ


आर.के. चौधरी/०३ असोज, पर्सा ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा सखुवाप्रसौनी गाउँपालिका–२ पञ्चगावा बजारस्थित हाम्रो थारुहट पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ।
‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरौँ’ भन्ने सन्देशसहित वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारुको अगुवाइमा शनिबार पार्क परिसरमा सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा वडाका बुद्धिजीवी, समाजसेवी, युवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा वीरेन्द्र महतो थारु, पवन साह, शंकर महतो थारु, भानु सराफ, मुना अन्सारी तथा शिक्षक सुरेन्द्र दहित थारुलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, बारुणयन्त्रका कर्मचारीहरू समेत सरसफाइ अभियानमा सहभागी भएका थिए। सहभागीहरूले पार्क परिसर तथा आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी सरसफाइ गरेका थिए।
वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले संविधान दिवसलाई औपचारिक कार्यक्रममै सीमित नगरी समुदायका लागि उपयोगी र सकारात्मक कार्यमार्फत मनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
सार्वजनिक स्थलको संरक्षण, सरसफाइ र वातावरणीय स्वच्छताप्रति समुदायको चासो बढाउन यस्ता अभियानले सहयोग पुग्ने उहाँको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आयुर्वेदिक चिकित्सा पद्धति प्रति नागरिकहरुको बिश्वास गर्दै

थारु एक्सप्रेस

युवालाई फुटबलतर्फ आकर्षित गर्ने उद्देश्यले सेढवामा प्रथम जिराभवानी भेट्रान कप आयोजना हुने 

थारु एक्सप्रेस

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस