TharuExpress
समाचार

पर्साको महुवनबाट चोरी भएको ट्याक्टर बरामद, चोरीमा संलग्न रहेका एक जना पक्राउ

बीरगंज , भदौ ३०

अजित धामी

 

पर्साको महुवन क्षेत्रबाट चोरी भएको ट्याक्टर प्रहरीको सक्रियताका कारण २४ घण्टा नबित्दै सकुशल बरामद भएको छ। ट्याक्टर चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई समेत नियन्त्रणमा लिएको छ।

content left

गएराति महुवनबाट अचानक चोरी भएको उक्त ट्याक्टरको खोजीका लागि प्रहरी चौकी महुवनका प्रमुख एवं प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको कमान्डमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।

घटनालगत्तै सघन खोजी तथा सुराकी परिचालन गरेको प्रहरी टोलीले निरन्तरको प्रयास र तत्परतापछि चोरी भएको ट्याक्टर र चोरीमा संलग्न व्यक्तिलाई ठोरी गाउँपालिका–४ क्षेत्रबाट फेला पारेको हो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको र बरामद ट्याक्टरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीको यो शीघ्र कारबाही र सफलतालाई स्थानीयवासीले सराहना गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नारायणी अस्पतालबाट चोरी भएको बच्चासहित महिला पक्राउ

थारु एक्सप्रेस

सरकारी गाडीमा क्यासिनो पुगेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव पक्राउ

थारु एक्सप्रेस

मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने

थारु एक्सप्रेस