TharuExpress
समाचार

पर्सा–बाराका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा: को कहाँ पुगे?

बीरगंज , भदौ ३०

अजित धामी

सरुवासँगै जिराभवानी, पकाहाँ मैनपुर, जगनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, सखुवा प्रसौनी, धोबिनी, विश्रामपुर, परवानीपुर र फेटालगायतका पालिकाको प्रशासनिक नेतृत्व फेरिने भएको छ।

content left

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा र बाराका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ। एकैपटक ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि दुवै जिल्लाका विभिन्न गाउँपालिकाको प्रशासनिक नेतृत्वमा समेत फेरबदल हुने भएको छ।

पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको सरुवा गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत गरिएको छ। उनको स्थानमा पर्साकै धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडालाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको छ।

त्यस्तै, पकाहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको पनि गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा भएको छ। साहको स्थानमा जिल्ला समन्वय समिति, पर्साका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहलाई पकाहाँ मैनपुर गाउँपालिकाको जिम्मेवारी दिइएको छ।

यसैगरी, बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई पर्साको जगनाथपुर गाउँपालिकामा सरुवा गरिएको छ भने जगनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई बाराको विश्रामपुर गाउँपालिकामा सरुवा गरिएको छ। यससँगै दुवै पालिकाको प्रशासनिक नेतृत्व पनि परिवर्तन हुने भएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको सरुवा गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत गरिएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनलाई पटेर्वा सुगौली गाउँपालिकामा सरुवा गरिएको छ।

त्यस्तै, छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको सरुवा सर्लाहीको पर्सा गाउँपालिकामा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झालाई छिपहरमाई गाउँपालिकामा सरुवा गरिएको छ।

यस्तै, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवको सरुवा पर्साकै धोबिनी गाउँपालिकामा गरिएको छ। सखुवा प्रसौनी गाउँपालिकामा भने सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई सरुवा गरिएको छ।

उता, बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको सरुवा बाराकै फेटा गाउँपालिकामा गरिएको छ। उनको स्थानमा बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवलाई परवानीपुर गाउँपालिकामा सरुवा गरिएको छ।

एकैपटक पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएपछि सम्बन्धित पालिकाको प्रशासनिक नेतृत्वमा व्यापक फेरबदल भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले अब सम्बन्धित पालिकाको प्रशासनिक कामकारबाही, सेवा प्रवाह तथा विकास योजनाको कार्यान्वयनमा नेतृत्व गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पात तोडने क्रममा तेलीको मृत्यु

थारु एक्सप्रेस

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

अवैध हातहतियारसहित तीन जना पक्राउ

थारु एक्सप्रेस