
जिराभवानी, २६ भदौ । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
जिराभवानी गाउँपालिका–२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक सम्मुनत अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार थारु बुधबार बिहान करिब १० बजे घरबाट स्याउला काट्न भन्दै जंगलतर्फ गएका थिए। साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन तथा आफन्तले उनको खोजी सुरु गरेका थिए।
खोजीका क्रममा शुक्रबार बिहान बसन्तपुर सब–डिभिजन वन कार्यालयबाट करिब ५०० मिटर उत्तरतर्फको जंगलमा थारुको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाघको आक्रमणबाट उनको मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ।
मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
जिराभवानीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु
प्रतिक्रिया लेख्नुहोस
