TharuExpress
समाचार

जिराभवानी मन्दिरको सार्वजनिक शौचालय जीर्ण, दर्शनार्थीलाई सास्ती

वीरगञ्ज , भदौ २५ 

पर्साको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जिराभवानी मन्दिर परिसरमा रहेको सार्वजनिक शौचालय संरक्षण, मर्मतसम्भार र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ।

मन्दिरमा दैनिक आउने भक्तजन, दर्शनार्थी, साधुसन्त तथा स्थानीय बासिन्दाले प्रयोग गर्ने शौचालयको अवस्था दयनीय बनेको हो। शौचालयको ढोका उप्किएर भुइँमा खसेको छ भने अन्य ढोका तथा भित्ताहरू समेत मक्किँदै गएका छन्।

नियमित सरसफाइ र मर्मतसम्भारको व्यवस्था नहुँदा शौचालय प्रयोग गर्नसमेत कठिन भएको दर्शनार्थीहरूको गुनासो छ। धार्मिक स्थलमा आवश्यक आधारभूत पूर्वाधारकै यस्तो अवस्था रहँदा मन्दिरको समग्र व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ।

जिराभवानी मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यहाँ आउने दर्शनार्थीका लागि स्वच्छ र व्यवस्थित शौचालयलगायत आधारभूत सुविधा सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय तह, मन्दिर व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायले तत्काल शौचालयको मर्मत, सरसफाइ र नियमित रेखदेखको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। समयमै ध्यान नदिए सार्वजनिक पूर्वाधार थप जीर्ण हुँदै जाने र मन्दिरमा आउने भक्तजनले अझ बढी सास्ती व्यहोर्नुपर्ने स्थानीयको चिन्ता छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट कारको डिकीमा ११४ किलो २५ ग्राम गाँजा बरामद, एक युवक पक्राउ

थारु एक्सप्रेस

थारु युवा सभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न….

थारु एक्सप्रेस

भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने

थारु एक्सप्रेस