TharuExpress
Uncategorized

ठोरी वृद्ध आश्रमलाई सुरुची बिओपी विजयबस्तीबाट खाद्य सामग्री सहयोग

ठोरी ९ पुस।
ठोरी गाउँपालिकास्थित वृद्ध आश्रममा आश्रित वृद्ध, असहाय तथा असक्तहरू शीतलहरका कारण प्रभावित भई पौष्टिक खानाको अभावमा रहेको विषय सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि सुरुची बि ओ पी विजयबस्तीका वरिष्ठ प्रहरी नायब निरीक्षक युराज खतिवडाले खाद्य सामग्री सहयोग उपलब्ध गराउनुभएको छ।
वरिष्ठ प्रहरी नायब निरीक्षक खतिवडाले वृद्ध आश्रमका आश्रितहरूको स्वास्थ्य र पोषण अवस्थालाई मध्यनजर गर्दै एक कार्टुन अन्डा, १० केजी चिनी तथा ९ केजी तौलका दुईवटा कुखुरा सहयोग स्वरूप प्रदान गर्नुभएको हो।
उक्त सहयोगप्रति वृद्ध आश्रममा आश्रित आमाबुवा, असहाय तथा असक्तहरूले खुशी व्यक्त गर्दै मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेकोमा वरिष्ठ प्रहरी नायब निरीक्षक खतिवडाप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्। स्थानीय स्तरमा सुरक्षा निकायबाट देखाइएको यस प्रकारको सामाजिक उत्तरदायित्वले कठिन अवस्थामा रहेका वृद्धहरूलाई राहत मिलेको आश्रम व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु पत्रकार संघ नेपाल पर्साको कोषाध्यक्ष चौधरीको आमाको निधन

थारु एक्सप्रेस

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

रुपन्देहीमा गोली प्रहारबाट एक जना घाइते

थारु एक्सप्रेस