TharuExpress
समाचार समाज स्थानिय

थारु कल्याणकारणी सभाको अगुवा भेला कार्यक्रम सम्पन्न

थारु कल्याणकारणी सभाले थारु अगुवा भेला कार्यक्रम सम्पन्न गरेको छ।सखुवा प्रसौनी गा।पा।वडा २ स्थित रङ्गपुर मा।वि।को प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा गत जेष्ठ १९ गते नेपाली काग्रेस पर्साको पार्टी कार्यालय बिरगंजमा सम्पन्न बैठकमा नेपाली काग्रेस पार्टीका सभापति जनार्दन सिंह क्षेत्रीले सम्बोधन गर्ने क्रममा आदिवासी थारु समुदायका चेलीबेटी माथी मात्र नभई समग्र महिलाको प्रतिष्ठामै प्रत्यक्ष असर पर्नेगरी अभिब्यक्ति   दिएको भन्दै सभाले भत्सर्ना समेत गरेको वक्ताहरुले  बताएका छन ।निजलाई कानुनको दायरामा राखेर कडा भन्दा कडा कार्वाही गर्नुपर्नेमा थारु अगुवा समाज पर्साका अध्यक्ष राजेश्वर प्रसाद थारुले जोड दिनुभयो ।

बिना प्रमाण कसैलाई गलत वा सिधै उस्को अस्मिता माथी औला उठाउनु यो चरीत्र हत्या भएको उहाको भनाई थियो। साथै उहाले
७ दिन भित्र कारवाही प्रकृया अगाडी बढेन भने आफुहरु अर्को प्रक्रियामा जाने पटेर्वा सुगौली गा।पा।नेपाली काग्रेसका सभापति शिवनाथ चौधरीले प्रतिबद्धता जनाउनु भयो। यसैगरी था।क।स।केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले आफनो दुनो सोझ्याउनको लागी कसैको चरित्रहत्या गर्नु अपमानजनक भएको प्रतिकृया दिनुभएको छ ।

content left

कार्यक्रममा आफ्नो मन्तव्य राखदै प्रमुख अथिती था।क।स।केन्द्रिय पार्सद महेन्द्र चौधरीले यो एउटा राजनीतिक षड्यन्त्र भएको बताउनुभयो। यो एउटा ब्यक्तिमाथी मात्र नभइ सम्पुर्ण थारु समाज माथीनै दाग लागाउन खोजेको उहाले आरोप समेत लगाउनुभयो ।
थारु कल्याणकारणी सभा पर्साका कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय पार्सद महेन्द्र चौधरी,अथिती ,नन्दकिशोर पन्जियार,पटेर्वा सुगौली गा।पा।उपप्रमुख ममता महतो, कोषाध्यक्ष राजु चौधरी सदस्य नरेन्द्र चौधरी,पुर्ब आयोजना सदस्य रमाकान्त चौधरी, समाजेवी जंगबहादुर चौधरी, मोहन दास,मोहन राउत,मुकेश गौरो, राजेश चौधरी, राकेश चौधरी,पर्सागढी गा।पा। पुर्ब उपमेयर अर्चना चौधरी,बृजबिहारी चौधरी,सरोज दहैत लगायत थारु समुदायका अगुवाहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य था।क।स।पर्साकी उपाध्यक्ष अर्चना चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचीव मनोज चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दिनेश चौधरीको पहलमा गाउपालिका बाट दुना टपरी बनाउने मेसिन सहयोग

थारु एक्सप्रेस

वीरगंज महानगरलाई नौ बैंकद्वारा ९ थान कम्प्युटर सहयोग

थारु एक्सप्रेस

“”ओ साथी रे””थारू मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

थारु एक्सप्रेस