TharuExpress
समाचार समाज स्थानिय

पर्सागढीका नगर प्रमुख पाठक द्धारा एकिकृत नमुना डोम बस्ती हस्तान्तरण

पर्सा २६ असार  ।   पर्सा– पर्सागढीका नगर प्रमुख गोकर्ण पाठकले कार्यभार सम्हालेको दिन गर्नु भएको पहिलो निर्णयले पुर्णता पाउदा अति विपन्न डोम समुदाय खुसी भएका छन । सोमबार नगरप्रमुख पाठकले एकिकृत नमुना डोम बस्ती हस्तान्तरण गरेपछि नगरपालिकाको वडा नम्बर ६ शिवटोलमा रहेको १६ परिवार डोम समुदायले खुशियाली मनाए ।

लामो समय देखी छाप्रो मुनी फोहर र अस्वस्थकर जिवन शैली बिताउदै आएका डोम परिवारलाई सोमबार मेयर गोकर्ण पाठकले एकृकित नमुना बस्ती हस्तान्तरण गर्दै आफ्नो पनि सपना पुरा भएको बताए ।

चुनावमा घरदैलोमा आउदा डोम परिवारको दैनिय अवस्था देखेर आफुले त्यही बेला नमुना बस्ती बनाउने प्रण गरेको र सो पुरा गराउन नगरकार्यपालिका सदस्य, कर्मचारी, प्राविधिकले सहयोग गरेको बताउनु भयो ।

content left

८८ लाखको लागतमा निर्माण भएको एकीकृत बस्तीमा १६ डोम परिवारका लागि ३२ वटा कोठा र चारवटा शौचालय तथा दुईवटा नुहाउने कोठा तयारी गरिएको छ । अगामी दिनमा बस्तीको सरसफाई, मर्मत लगायतका सबै रेखदेख समुदायले गर्ने सम्झौता सहित नगरपालिका प्रमुख पाठकले १६ परिवारलाई साचो हस्तान्तरण गर्नु भयो ।

बस्ती हस्तान्तरण समारोहलाई डोम समुदायले उत्सव कै रूपमा मनाए । डोम परिवारका सदस्य, महिला, बच्चा, बुढा सबै नयां पोषाक र महिलाहरू बिशेष श्रिङ्गारमा सजिएका थिए । कार्यक्रममा पर्सागढी प्रमुख गोकर्ण पाठकले पर्सागढीलाई नमूनाको रूपमा बनाउने बताए । उनले बाकी ४ वर्षमा ४ वटा महत्वकांक्षी योजना सम्पन गर्ने बताए ।

उपप्रमुख पूजा चौधरीले नगरपालिकाले नगरवासीलाई ध्यानमा राखेर काम गरिरहेको बताइन् । उनले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताइन् । कार्यक्रममा जग्गादाता शम्भु गिरीलाई सम्मानित गरिएको थियो ।

बस्ती निर्माणको लागि गिरी परिवारले सिद्धबाबा गुठी संस्थानको नाममा रहेको दुई सय बिघा जग्गामध्ये पाँच कट्ठा जग्गा दान गरेको हो । उपप्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकिय अधिकृत क्षविरमण भट्टराई , नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले शुभकामना मन्तवय राखेका थिए । कार्यक्रममा स्वागत इन्जिनीयर जङ्गविजय साह र सहजीकरण योजना शाखा प्रमुख प्रदीपप्रसाद चौरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आउ मिलि सहयोग गरौं (LET’S Help Together)द्वारा जिल्ला “निशुल्क स्वास्थ्य शिविर “सप्पन्न …..

थारु एक्सप्रेस

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

माघी मूल समारोह वीरगंजद्वारा माघी महोत्सव कार्यसमिति गठन….

थारु एक्सप्रेस