TharuExpress
समाचार समाज स्थानिय

पर्सागढीका नगर प्रमुख पाठक द्धारा एकिकृत नमुना डोम बस्ती हस्तान्तरण

पर्सा २६ असार  ।   पर्सा– पर्सागढीका नगर प्रमुख गोकर्ण पाठकले कार्यभार सम्हालेको दिन गर्नु भएको पहिलो निर्णयले पुर्णता पाउदा अति विपन्न डोम समुदाय खुसी भएका छन । सोमबार नगरप्रमुख पाठकले एकिकृत नमुना डोम बस्ती हस्तान्तरण गरेपछि नगरपालिकाको वडा नम्बर ६ शिवटोलमा रहेको १६ परिवार डोम समुदायले खुशियाली मनाए ।

लामो समय देखी छाप्रो मुनी फोहर र अस्वस्थकर जिवन शैली बिताउदै आएका डोम परिवारलाई सोमबार मेयर गोकर्ण पाठकले एकृकित नमुना बस्ती हस्तान्तरण गर्दै आफ्नो पनि सपना पुरा भएको बताए ।

चुनावमा घरदैलोमा आउदा डोम परिवारको दैनिय अवस्था देखेर आफुले त्यही बेला नमुना बस्ती बनाउने प्रण गरेको र सो पुरा गराउन नगरकार्यपालिका सदस्य, कर्मचारी, प्राविधिकले सहयोग गरेको बताउनु भयो ।

content left

८८ लाखको लागतमा निर्माण भएको एकीकृत बस्तीमा १६ डोम परिवारका लागि ३२ वटा कोठा र चारवटा शौचालय तथा दुईवटा नुहाउने कोठा तयारी गरिएको छ । अगामी दिनमा बस्तीको सरसफाई, मर्मत लगायतका सबै रेखदेख समुदायले गर्ने सम्झौता सहित नगरपालिका प्रमुख पाठकले १६ परिवारलाई साचो हस्तान्तरण गर्नु भयो ।

बस्ती हस्तान्तरण समारोहलाई डोम समुदायले उत्सव कै रूपमा मनाए । डोम परिवारका सदस्य, महिला, बच्चा, बुढा सबै नयां पोषाक र महिलाहरू बिशेष श्रिङ्गारमा सजिएका थिए । कार्यक्रममा पर्सागढी प्रमुख गोकर्ण पाठकले पर्सागढीलाई नमूनाको रूपमा बनाउने बताए । उनले बाकी ४ वर्षमा ४ वटा महत्वकांक्षी योजना सम्पन गर्ने बताए ।

उपप्रमुख पूजा चौधरीले नगरपालिकाले नगरवासीलाई ध्यानमा राखेर काम गरिरहेको बताइन् । उनले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताइन् । कार्यक्रममा जग्गादाता शम्भु गिरीलाई सम्मानित गरिएको थियो ।

बस्ती निर्माणको लागि गिरी परिवारले सिद्धबाबा गुठी संस्थानको नाममा रहेको दुई सय बिघा जग्गामध्ये पाँच कट्ठा जग्गा दान गरेको हो । उपप्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकिय अधिकृत क्षविरमण भट्टराई , नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले शुभकामना मन्तवय राखेका थिए । कार्यक्रममा स्वागत इन्जिनीयर जङ्गविजय साह र सहजीकरण योजना शाखा प्रमुख प्रदीपप्रसाद चौरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान

थारु एक्सप्रेस

श्रोत नखुलेको रकम सहित जान पक्राउ

थारु एक्सप्रेस

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस