वीरगञ्ज, १ भदौ ।
पर्साको ठोरी गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुका लागि अभिमुखीकरण दिइएको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए । भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ । बिहिवारसम्म पालिका र वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ पनि सकरात्मक देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै पालिका अध्यक्ष श्रेष्ठले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए । अभिमुखीकरणमा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि आयोग पर्साका पदाधिकारी हेम कुमारी भट्टराई, अमिन प्रबिन प्रजापति, ५ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, अन्य राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।
भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने
प्रतिक्रिया लेख्नुहोस
