रामकिशोर चौधरी/श्रावण २०,पर्सा
पटेर्वासुगौली गाउँपालिका वडा ४ को पथलाहवा घाट टोलबाट ईलाका प्रहरी कार्यलय पटेर्वासुगैली र रङ्गपुर प्रहरी चौकीको संयुुक्त प्रहरी टोलीले बिहीबार राती करिब ८ :०० बजेको समयमा गएको प्रहरी टोलीले नजिकको बन जङ्गलबाट काचो सालको गोलाई १२ थान प्रदेश २-०३-००१ त ६०४७ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याउदै गरेको क्रममा चालक ट्याक्टर छोडी भागेका र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको भए पनि ट्याक्टर चालक फरार रहेको छ l
पटेर्वासुगौली गाउँपालिका वडा ४ भथौडा बस्ने ट्याक्टर मालिक वसन्त सहनी फरार रहेको छ। लोड भएको सालको गोलाई १२ थान सहित ट्याक्टर सहित जिल्ला बन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस
