TharuExpress
Uncategorized

छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

tharuexpress

वीरगन्ज, १९ साउन : सप्तरीमा करेन्ट लागेर ससुरा बुहारी सहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर –६ मा दुइ जनाको र राजगढ गाउँपालिका–२ कमलपुरमा एक जनाको मृत्त्यु भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर –६ का ४० वर्षीय सौदानन्द सरदार, उनकी बुहाारी २० वर्षीया अन्जली सरदार छन् ।इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार , सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको थियो ।अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

content left

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सामा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा फडानी

थारु एक्सप्रेस

उपकार सेवा नेपालद्वारा वीरगञ्जमा ३० युवतीलाई सिलाइ–कटाइ तालिम सामग्री हस्तान्तरण

थारु एक्सप्रेस

सखुवाप्रसौनीका अध्यक्ष यसवन्त यादवले गरे नालाको शिलान्यास

ranjityadav