TharuExpress
शिक्षा

पीएचडी उपाधि हासिल गरेका डा. राजु बैठालाई वीरगञ्ज महानगरको सम्मान।

वीरगञ्ज, असोज २१ सञ्जय दास थारु वीरगञ्ज महानगरपालिका–२३ निवासी डा. राजु बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि वीरगञ्ज महानगरपालिकाले उनलाई सम्मान गरेको छ। राजनीति शास्त्रअन्तर्गत ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ विषयमा अनुसन्धान गरी पीएचडी उपाधि हासिल गरेका डा. बैठालाई महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन्। सम्मानका क्रममा डा. बैठाले आफ्नो पीएचडी अनुसन्धानमा आधारित पुस्तकसमेत नगरप्रमुख सिंहलाई हस्तान्तरण गरेका छन्। उनको अनुसन्धान वीरगञ्ज महानगरपालिकाको सेवा प्रवाह तथा कार्यसम्पादनसँग सम्बन्धित विषयमा केन्द्रित रहेको छ। नगरप्रमुख सिंहले डा. बैठाको शैक्षिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्दै उनको अनुसन्धानले वीरगञ्ज महानगरपालिकाको सेवा प्रवाह र कार्यसम्पादनका विषयमा अध्ययन तथा सुधारका लागि उपयोगी आधार प्रदान गर्न सक्ने बताए। उनले डा. बैठाको उपलब्धिले वीरगञ्जको नाम देश तथा विदेशमा उज्ज्वल बनाउन योगदान पुगेको उल्लेख गर्दै उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा स्थानीय युवालाई अघि बढ्न प्रेरणा मिल्ने बताए। वीरगञ्ज–२३ का स्थानीय बासिन्दा डा. बैठाले हासिल गरेको पीएचडी उपाधिलाई महानगरपालिकाले विशेष रूपमा सम्मान गरेको हो.
प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानीमा समावेशी तथा गुणस्तरीय शिक्षा विकासमा सरोकारवालाको जोड

थारु एक्सप्रेस

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

थारु एक्सप्रेस