TharuExpress
समाचार

गरिमाका आमाबुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगियो

वीरगंज , भाद्र ६

 

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि दुवै जनालाई शनिबार साँझ काठमाडौं लगिएको जानकारी गराइएको छ ।

 

शनिबार साँझ सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।

 

content left

गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर सिमरा विमानस्थलमा बोर्डिङ पास गराएका छन् ।

 

उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं गएको हो ।

 

काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगंजमा भोली थारू माघी [खिंचड़ी] मनाईने

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाँउपालिकामा गएराती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

थारु एक्सप्रेस

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस