TharuExpress
समाचार समाज स्थानिय

कामना सेवा विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सवमा खुल्ला रक्तदान गरियो

पर्सा २१ कार्तिक  कामना सेवा विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सवका सुभ अवसरमा बीरगंज  शाखाले खुल्ला रक्तदान कार्यक्रम गरेर बार्षिक उत्सव मनाएका छन।कार्यक्रमको सभापतित्व कामना सेवा विकास बैंक बीरगंज  शाखाका सम्बन्ध प्रबंधक विकास बैठा  र बिरगंज उद्योग बाणिज्य संघ पर्साको उपाध्यक्ष माधव राजपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिरगंज र रक्तसञ्चार केंद्रको सहयोगमा कार्यक्रम माइस्थान मन्दिरको प्राङ्गणमा भएको थियो भने उक्त रक्तदानमा २३ जनाले आफ्नो रक्त दान गरि सहयोग गर्नु भएको थियो।

“बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले कार्यक्रम गरेको छौ र रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गरेको छौ” भनाई कामना सेवा विकाश बैंक बिरगंजका शाखा प्रबंधक विष्णु अधिकारीको रहेको छ।  कार्यक्रमको  विशिष्ट अतिथिमा नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष शम्भु प्रसाद गुप्ता, समाजसेवी कमल चौगाई, वडा नं.८ का पूर्व अध्यक्ष राजकिशोर गुप्ता, कामना सेवा विकाश बैंकका मधेश प्रदेशको सहयोगी प्रमोद गुप्ता र त्यसै गरी अतिथिमा रक्तदान सञ्चारका अध्यक्ष धीरेन्द्र झा, रानीघाट दुर्गा समितिका अध्यक्ष सतिश सिंहको उपस्थिति रहेको थियो। कामना सेवा विकाश बैंक बिरगंजका आफ्रिन जहान राकीले खादा लगाएर अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अरुण चौधरीले गर्नु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

थारु एक्सप्रेस

भारतबाट तस्करी गरि ल्याइएको २ करोड बढीको एयर बड्स सशस्त्र प्रहरीद्वारा बरामद

थारु एक्सप्रेस