TharuExpress
Uncategorized

आज साउन महिनाको अन्तिम सोमवार

पुनम चौधरीपर्सा ३० साउन   – आज साउन महिनाको अन्तिम सोमवार, बीरगंज माहानागरपालिका का  शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

आज बीरगंजका  अलखियामठ, आवास छेत्र ,बउदी माई , लगायत देशभरका शिवालयमंदिरहरुमा  श्रद्धालुहरुको घुइँचाे लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस

जिराभवानी–२ सेढवामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

थारु एक्सप्रेस

थारु साहित्यको १०औँ राष्ट्रिय सम्मेलन पर्सामा हुने

थारु एक्सप्रेस