सेढवा २४ असोज/
पर्साको जिराभवानी गाँउपालिकामा फेरी एक जना युवतीले आइतवार आत्महत्या गरेका छन। आत्महत्या गर्नेमा जिराभवानी गाँउपालिका वडा नं ५ सखुवनीया निवासी तुलसी राउत थारुको २३ बर्षिय छोरी आशा कुमारी थारु रहेका प्रहरीले जनाएका छन। घरका आभिभावक तथा अन्य सदस्यहरुले खेतमा धान काट्न गएका आशा र उनकी बहिनी धानको भकारी लिपपोत गर्ने क्रममा बहिनी भकारी भित्र रहेका र आशा बाहिरबाट मुछिएको माटो दिएर घर भित्र गई पासो लगाई झुनडिएको थिए। यो सहित जिराभवानी गाँउपालिकामा करिब एक महिनामा एक यूवक र ३ जना यूवती गरी चार जनाले आत्महत्या गरेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरिक्षक किशोर आचार्यले बताए।
प्रतिक्रिया लेख्नुहोस
