TharuExpress
मुख्य समाचार

नागरिक सामाज द्वरा नव निर्वाचित पदाधिकारीहरुलाइ समान र बधाई

दिपेन्द्र चौधरी..सावन२८…
..

थारु नागरिक सामाज बारा पर्सा रौतहटले २०७९ बैशाख ३०गते स्थानीय चुनावमा बिजय हुनु भएको थारु नव निर्वाचित पदाधिकारीहरुलाइ समान तथा बधाई कार्यक्रम समपन गरेको छ।रौतहटको थारु नव निर्वाचित एक मयर,दुई उपमेयर र दस वटा वडा अध्यक्ष सहित १३ जना जनप्रतिनिधिहरुलाइ समान गरिएको छ।समान हुनेमा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी,चन्द्रपुर नगरपालिकाकि उपमेयर जयमाला चौधरी,गरुडा नगरपालिकाकि उपमेयर पुनम कुमारी चौधरी,गजुरा न.पा.वडा१ को वडा अध्यक्ष रामजीत चौधरी,वडा२को व.अशोक कुमार खा,वडा३को व.अ.गजेन्द्र चौधरी,वडा९को व.अ.प्रेम चौधरी,चन्द्रपुर न.पा.वडा८को जितेन्द्र चौधरी,च.न.वडा १० को व.अ.टन्केश्वर चौधरी,कठरिया न.पा.वडा६ व.अ.जयराम चौधरी,फुतुवा बिजयपुर वडा८व.अ.नितेश कुमार चौधरी,फुतुवा बिजय वडा व.अ.मन्जय कुमार चौधरी र वडा११व.अ.ज्ञानेन्द्र चौधरी समेत समानित हुनु भएको थियो।
कार्यक्रममा सभापतित्व थारु नागरिक समाज बारा पर्सा रौतहटको सयोजक प्रमानन्द चौधरी,प्रमुख अतिथि था.क.स.रौतहटको केन्द्रिय सदस्य श्री अधिकलाल चौधरी,बिशिस्ट अतिथी गुजरा नगरपालिकाका मयर श्री सन्तलाल चौधरी,चन्द्रपुर नगरपालिका कि उपमेयर श्रीमती जयमाला चौधरी,गरुडा नगरपालिकाकि उपमेयर श्रीमती पुनम कुमारी चौधरी,था.क.स केन्द्रिय पार्सद श्री नन्दकिशोर पन्जियार,था.क.स रौतहट जिल्ला सभापति श्री सरोज चौधरी,था.क.स कानुनी सलाहकार अमय दास थारु अतिथी रामअसरे चौधरी,प्रकाश थारु मनोज चौधरी,शेखर चौधरी ,सम्भु महतो थारु, दिपेन्द्र चौधरी ,सुखल प्रसाद चौधरी ,प्रभु चौधरी, अजय चौधरी ,गौतम चौधरी र एन्जल चौधरी र विभिन्न थारु अगुवा समेतको उपस्थिति रहेको थियो।थारुहरुको पहुच,पहिचान र प्रतिनिधित्वको सोच र बिचार बनाएर हामी आगामी मंसिर ४गते चुनाव मा हामी थारु एकजुट भएर अगाडी बढनु पर्छ भन्नेमा कार्यक्रमको सभापति थारु नागरिक समाज बारा पर्सा रौतहटको सयोजक प्रमानन्द चौधरीले ध्यानाकर्षण गराउनु भएको थियो।कार्यक्रममा सुवागत मन्तब्य थारु पत्रकार संघ पर्सा नेपाल सचिव दिपेन्द्र चौधरी व्यक्त गर्नु भएको थियोे भने कार्यक्रम को सहजीकरण था.क.स.पर्सा महिला सभा अध्यक्ष तथा रोयल एकाडमीको  संस्थापक  प्रधानाध्यापक श्रीमती बिजया ओझैयाले गर्नुभएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

थारु एक्सप्रेस

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

थारु एक्सप्रेस

थारु समुदायका मूख्य पर्व माघी खिचडीको अवसरमा जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थारु एक्सप्रेस