दिपेन्द्र चौधरी …सावन २७ 
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसको अवसरमा फोनिज पर्साले रक्तदानको आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व.सत्यनारायण बहादुर श्रेष्ठको तस्वीरमा माल्यार्पण गरेपछि रक्तदान गर्नेहरुलाई रगत जम्मा गर्ने ब्याग वितरण गरेर कार्यक्रमको उदघाटन गर्नुभएको हो । रक्तसञ्चार केन्द्र वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित ११ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको सभापतित्व फोनिज पर्साको अध्यक्ष अजित भुजेल,प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह,अथिती सा.स.के.छपकैया अध्यक्ष ज्ञासुदिन ठकुरी,प्रहरी निरीक्षक वडा प्रहरी कार्यलय विशाल मल्ल,बि.बि.सि.क्याम्पस प्रमुख डा.दिपक शाक्या,सामाजिक अभियन्ता प्रकाश थारु,फोनिज केन्द्रिय सदस्य निरज पिठाकोटे मगर,थारु पत्रकार संघ नेपाल पर्सा अध्यक्ष सम्भु महतो थारु,था.प.स.ने.पर्सा सलाहकार शेखर चौधरी,पर्सा सचिव दीपेन्द्र,सदस्य सन्जय चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अथिति राजेशमान शिहले समयानुकूल र बायपक गर्मीको कारण रगतको अभाव दिन प्रती दिन बढिरहेको अवस्था छ।यस समयमा रक्तदान गर्नु आफैमा एउटा अमुल्य काम हो यसले गर्दा कयौं मानवजिवन जोगाउन मदत पुगदछ त्यसैले यस्ता सरहानिय कामलाई समय समयमा गर्नुपर्दछ शिहले आयोजकलाई धन्यवाद दिनुको साथै रक्तदाताहरुलाइ पनि उचित प्रुस्कारको पनि ब्यावास्था गर्नुपर्छ सलाहसमेत दिनुभयो।
रक्तदान गर्नेहरुमा सञ्जु आले मगर, अजित कुमार भूजेल, सुजित कुमार भूजेल, मूनेश कुमार लायो मगर, दिपेन्द्र चौधरी, सञ्जय दास थारु, शम्भु महतो थारु, राम मण्डल, स्वागतम चौधरी, मनिषराज चौधरी, कुमार कार्की लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण फोनिज पर्साका सचिव राम मण्डलले गर्नुभएको थियो ।
