TharuExpress
Uncategorized

जिराभवानी र विकासशील भेट्रान्स फाइनलमा भिड्ने

बीरगंज , २० चैत — पर्साको बीरगंज महानगरपालिकामा जारी “वरिष्ठ प्रशिक्षक हरि बहादुर श्रेष्ठ स्मृति (८ ‘ए’ साइड) भेट्रान्स फुटबल कप २०८२” को फाइनलमा जिराभवानी भेट्रान्स र विकासशील भेट्रान्स सिमरा बीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा जिराभवानी भेट्रान्सले युनिटी भेट्रान्स बीरगंजलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि विकासशील भेट्रान्स सिमराले पनि आफ्नो सेमिफाइनल जित्दै उपाधि नजिक पुगेको थियो।
बजरंगी युवा क्लब, सिरिसिया (बीरगंज–२५) को आयोजनामा चैत १३ गतेदेखि सुरु भएको प्रतियोगिता चैत २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा बिर्गंज युथ एकेडेमी, विकासशील भेट्रान्स, पथलैया भेट्रान्स, बिर्गंज सिटी भेट्रान्स र बकुलिया भेट्रान्स रहेका थिए भने समूह ‘बी’ मा युनिटी भेट्रान्स क्लब, NJJVC भेट्रान्स, जिराभवानी भेट्रान्स, सिमरा भेट्रान्स र भेट्रान्स सिटी क्लब सहभागी थिए।
स्थानीय स्तरमा खेलकुदको विकास तथा भेट्रान्स खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताका विजेताले नगद रु २० हजार तथा उपविजेताले नगद रु १० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका सदस्य पंकज कुमारले जानकारी दिए।
प्रतियोगिताको फाइनल खेल चैत २१ गते शनिबार आयोजना हुने छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सामाजिक हैसियत देखाउने प्रतिस्पर्धाका कारण आर्थिक बोझ थपिदै

थारु एक्सप्रेस

जिराभवानीमा कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान निरन्तर, स्थानीयसँग प्रत्यक्ष संवाद, समस्या र अपेक्षा संकलन

थारु एक्सप्रेस

प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टको आठौँ वार्षिकोत्सवमा ६९ जनाले गरे रक्तदान

थारु एक्सप्रेस