TharuExpress
Uncategorized

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द देवकोटालाई

२९ पुष, वीरगञ्ज ।
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ।
पर्सा जिल्लाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार पत्रकारितामा दीर्घकालीन योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ। स्व. गिरी तत्कालीन वीरगञ्ज महानगरपालिकाको मेयर रहेका बेला वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी विद्रोहीद्वारा हत्या गरिएका थिए।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष रहनुभएको छ। उहाँ रेसखबर अनलाइनका संस्थापक समेत हुनुहुन्छ।
यसअघि यो पुरस्कारबाट पर्साका विभिन्न अग्रज पत्रकारहरू पुरस्कृत भइसकेका छन्। पुरस्कृत हुनेहरूमा बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ रहेका छन्।
यो पुरस्कारले वीरगञ्ज तथा पर्सा क्षेत्रको पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्दै आएको छ। गोविन्द देवकोटाको योगदानलाई सम्मान गर्दै प्रदान गरिने यस वर्षको पुरस्कारले स्थानीय पत्रकारिताको भूमिका र महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

संविधानसभा सदस्य जयप्रकाश थारुले त्यागे एमाले, नेकपामा प्रवेश

थारु एक्सप्रेस

उपकार सेवा नेपालद्वारा वीरगञ्जमा ३० युवतीलाई सिलाइ–कटाइ तालिम सामग्री हस्तान्तरण

थारु एक्सप्रेस

बीरगंजको स्वीमिङ्गमा माघी खिचडी कार्यक्रमको तैयारी पूरा

थारु एक्सप्रेस