TharuExpress
Uncategorized

चिसो बढेपछि वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा

वीरगञ्ज, १५ पुस।
विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले विद्यालयहरूको बिदा थप गरेको छ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका सबै विद्यालय, मन्टेश्वरी तथा कोचिङ सेन्टरहरूमा थप तीन दिन बिदा दिने निर्णय गरेको हो। सूचना अनुसार विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
महानगरका अनुसार उक्त बिदा वार्षिक संचित (वर्षे) बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिएको छ। यसअघि पनि शीतलहरका कारण केही दिन विद्यालय बन्द गरिएको थियो। तर मौसममा सुधार नआएपछि अभिभावक तथा विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै पुनः बिदा थप गरिएको महानगरले जनाएको छ।
महानगरको सूचनामा उल्लेख भए अनुसार थपिएको बिदा सकिएपछि पुस २० गते आइतबारदेखि सबै विद्यालय, मन्टेश्वरी तथा कोचिङ सेन्टरहरू साबिककै समय अनुसार नियमित रूपमा सञ्चालन हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चिसो बढेपछि पोखरिया नगरपालिकाका विद्यालय पनि ४ दिन बन्द

थारु एक्सप्रेस

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

संविधानसभा सदस्य जयप्रकाश थारुले त्यागे एमाले, नेकपामा प्रवेश

थारु एक्सप्रेस