TharuExpress
Uncategorized

जगरनाथपुरमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न सन्थी मावि प्रथम, मसिहानी द्वितीय

सेढवा, ५ पौष ।
पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक विद्यालय सन्थी प्रथम, माध्यमिक विद्यालय मसिहानी द्वितीय तथा माध्यमिक विद्यालय जगरनाथपुर तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
सम्पूर्ण खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा बढी पदक प्राप्त गरेपछि माध्यमिक विद्यालय सन्थीले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा जगरनाथपुर गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, शिक्षा शाखा प्रमुख अशोक सिंह, पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापकहरू, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन शिक्षक रुपनारायण साह (मावि मसिहानी) ले गर्नुभएको थियो। सो अवसरमा पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो। साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय मसिहानीका विद्यार्थीहरूले नृत्य प्रस्तुति दिएका थिए।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई शिल्ड हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस

थारु एक्सप्रेस

पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन

थारु एक्सप्रेस

चिसो बढेपछि वीरगञ्जका विद्यालय पाँच दिन बन्द, आइतबारदेखि पठनपाठन सुरु

थारु एक्सप्रेस