पुनम चौधरीपर्सा ३० साउन – आज साउन महिनाको अन्तिम सोमवार, बीरगंज माहानागरपालिका का शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।
आज बीरगंजका अलखियामठ, आवास छेत्र ,बउदी माई , लगायत देशभरका शिवालयमंदिरहरुमा श्रद्धालुहरुको घुइँचाे लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् । साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस
