ओमप्रकश १८ सावन/ पर्सा जिल्लाका ग्रामीण किसानहरु बर्षेवाली धानको खेती गर्न बिभिन्न समस्याक्षरुको घेरामा परेका गुनासो गरेका छन। यस बर्ष एक बिघा खेती गर्न हजारौ रुपैया खर्च गर्नु परेको अवश्था रहेका छन * रासायनिक मलको अभाव यस बर्षको बर्षेवाली धानको खेतीका लागि नेपाल सरकारले प्रयाप्त रासायनिक मल उपलब्ध नगराउदा किसानहरु बिना मलको खेती गर्न बाध्य रहेका छन।

ब्याडमा बीऊ राख्ने समयदेखि नै डिएपी,यूरिया,र पोटास मलको अभाव झेल्नु परेको जगरनाथपुर गाउपालिका वडा नं ३ निवासी महेन्द्र महरा चमारले बताए। बिउमा छर्ने बेला ६० रुपैया प्रति किलो डिएपी र ४५ रुपैया प्रति किलो यूरिया मल खरिद गर्नु परेको चमारले बताए। नेपाल सरकारको अनुदानको मल बितरण गर्ने जिम्मा कृषि सामग्री कम्पनी र साल्ड ट्रेडिङ्ग कम्पनीको जिम्मा रहेका छन। यर यीमध्ये साल्ट ट्रेडिंग कम्पनीले मात्र सिमित परिणाममा कृषि सहकारी संस्थाका माध्यमबाट बितरण गरिरहेका छन। माग धेरै र आपूर्ति कम भएकाले बितरणमा निकै कठिनाई भइरहेका सुपौली कृषि सहकारी संस्थाका संचालक दिपक दासले बताए। मल अभावका कारण १२ किलो प्रति किसानलाई दिएको दासले बताए।
अहिले रोपाईको समयमा कम्तीमा साढे दुई किलो डिएपी र साढे दुई किलो यूरिया मल छर्नुपर्छ। तर मल अभावको कारण किसानहरु मल बिना नै रोपाई गरेका किसानहरुले जनाए। * इन्धनको मूल्य बृद्धिका कारण जोताई महंगो पेट्रोलियम पदार्थको मूल्य बृद्धिसंगै खेत जोताईको दर महंगो भएका कारण किसानहरु थप्प आर्थिक मारमा परेका छन। गत बर्षको तुलनामा यसपाली खेत जोताई दर दोब्बरभन्दा बढि बढेका छन। गत बर्ष खेत जोताई ८०० देखि १ हजार रुपैया प्रति घण्टाका दर रहेका थिए। तर अहिले १८०० देखि २२०० रुपैयासम्म प्रति घण्टाका दरले खेत जोताई भएका छन।जसका कारण थप आर्थिक मारमा परेका छन। * बर्षा नहुदा सिचाईमा समस्या रोपाईको समयमा पानी नपर्दा एए भएका छन।
पानी नपर्दा अधिकांश खेतमा रोपाभरे सकेका छैन भने कतिपय रोपाई भएका धान पहेलो भइ सुक्ने अवस्थामा पुगेका छन।आकाशे पानघको भरमा हुने खेती सिचाईको अभावमा पर्ती हुने भएका छन। लामो समयदेखि पानी नपरेका तथा घामी बढेकाले नदि, खोला र कुलोको पानी सुक्दै जादा सिचाईमा समस्या उत्पन्न भएका छन। दमकलबाट भूमिगत सिचाई गर्दा निकै खर्चिलो भएका छन। एक बिघा जमिनको बाली सिचाई गर्दा १५/२० घण्टा लाग्ने दमकलको भाडा प्रति घण्टा ३००देखि ४०० रुपैया रहेका छन। * किसानको उत्पादनको मूल्य घट्दै अहिले किसानहरुले चैते धान ( हर्दिनाथ) बाली भित्रियाउदै छन। किसानले सो धान बिक्री गर्दा प्रति क्वीन्टल १७ सय देखि १८ सय रुपैयाका दरमा बिक्री गर्न बाध्य रहेका छन। व्यापारीहरुले नया धानको दाम त्यती नै भएको भन्दै सो मछल्य कायम गरेका छन।खेतीको समयमा पैसाको आवश्यकता बढि भएकाले गर्जो टार्न बाध्य भएर धान बेच्नु परेका किसानहरुको गुनासो रहेका छन।
प्रविष्ट गर्नुहोस्
Omprakash

प्रविष्ट गर्नुहोस्
Omprakash

प्रविष्ट गर्नुहोस्
Omprakash

प्रतिक्रिया लेख्नुहोस

