दिपेन्द्र चौधरी ..बिरगंज१८
.बिरगंजमा दोस्रो पटक छ्नवट मिस्टर एन्ड मिस थारु २०७९/४/२१ .गते सनीबार टाउन हलमा हुन गई रहेको छ l
मिस्टर एन्ड मिस २०२२ चौथो सस्करण थारुको छनवट बिरगंजमा दोस्रो पटक हुने भएको छ। जहा ईन्टरनेटमेन्टले पुनह बिरगंज लगायत देशको १० वटा शहरहरुमा फरक फरक मिति अनुसार सौन्दर्य प्रतिगोताको छनवट गर्ने भएको छ। प्रतियोगिताको छनवट क्रमश २१ गते बिरगंज,चितवन,नेपालगन्ज,झुमका त्यसै गरि २४गते बिराटनगर,लाहान,टिकापुर ,२८गते काठमाडौ,बुटवल र दाङ्ग लगायत ठाउ मिति समय सार्बजनिक गरेको छ।
गत बर्ष बिरगंजमा गरिएको छनवटले गर्दा बिरगंजमा रहेको थारु सामुदायिकको गाउ गाउ घर घर समेत एक दमै राम्रो सकारात्मक असर परेको थियो।थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने जहा ईन्टरनेटमेन्टको संचालक रुपेश चौधरीले जानकारी गराएको छ।बिरगंज नेपालको प्रमुख थारुवान नगरी मधे एक हो बिरगंजमा थारुसमुदायहरुको अधिक मात्रामा बसोबास हुँदै आइरहेको छ तर पनि हामी अझै पनि पछि नै परेको छौ जस्तो लाग्छ।
त्यसैले बिरगंजमा रहेका बारा,पर्सा,रौतहट लगायत विभिन्न जिल्लाबाट आएका थारु भाइबहिनिहरुलाइ मधय नजर गर्दै हामी बिरगंजमा फेरि पनि सौन्दर्य प्रतियोगिताको छनवट राखेका छौ चौधरीले बताए ।प्रतियोगिताको निर्णायक मन्डलमा सन्चारकर्मी दिपेन्द्र चौधरी,२०२१को फस्ट रनर अफ रबी चौधरी,२०२१फाइनालिस्ट लिलाराज चौधरी अरु दुई जना बाकी रहेको २०२१ फाइनालिस्ट प्रमानन्द चौधरीले जानकारी गराएको छ।


