९ पर्सा / थारू कल्याण कारिणी पर्सा द्वरा प्रमुख जिल्ला अधिकारिलाइ ज्ञापन पत्र बुझाइएको छ।तत्कालीन समान्निय प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको नेपाल सरकार र थारु कल्याण कारिणी सभा,थरुहट/थारुवान सयुक्त समिति बिच मिति २०७८/२/१८ गते ६ बुदे सहमति समान्निय प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व मिति २०७९/५/६गतेको मन्त्री परिशदको निर्णय अनुसार थरुहट ,थारुवानको शान्तिपूर्ण आन्दोलनको क्रममा भएको रहस्यतामक एवम् दुखत टिकापुर घटनामा थारु नेता तथा कार्यकर्ताहरु माथि लगाएको झुटा मुदा फिर्ता बन्दीरिहाइ लगायत विभिन्न मितिमा भएको सहमति सम्झौता तथा निर्णय यथाशीघ्र कार्यनयन गर्न नेपाल सरकार मन्त्रीपरिस्दले मिति २५ गते ल्याएको मुलुकी फौजदारी साहिता कार्यबिधि अध्यादेश २०७९ प्रमाणीकरण गरि कार्यनयन को लागि हामी यो ज्ञापन पत्र बुझाइरहेका छौ भनेर थारू मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरीले जानकारी गराउनु भएको छ।
उक्त कार्यक्रममा था क स केन्द्रिय पार्सद दोय महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,जिल्ला अध्यक्ष रामेश्वर महतो,सचीव भागवत प्र चौधरी ,कोशा अध्यक्ष राजु चौधरी,बारा पर्सा रौतहट का संयोजक प्रमानन्द चौधरी,थारू मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरी,थारुपत्रकार सघ पर्सा अध्यक्ष सम्भु महतो थारु, पर्सा नगरपालिका जङ्ग बहादुर चौधरी,समाजिक अगुवा हरिनारायण चौधरी ,बिरजु चौधरी,बेदम दास थारु लगायत अन्य थारुसघ सस्थाका प्रतिनिधिहरु को उपस्थिति रहेको थियोे।
