पर्सा बैसाख ४ पर्साको जिराभवानी गाउपालिका स्थित सुप्रशिद्ध दुग्धेश्वर धामको भौतिक बिकाश तथा धार्मिक सांस्कृतिक र पर्यटन बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l
दुग्धेश्वर धामको सम्पूर्ण बिकाशको लागि पोखरिया नगरपालिकाको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो l पूर्व मंत्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथि का रूपमा रहेका पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान र अतिथि रामेश्वर रौनियारले आ आफ्ना मनतब्य राखेका थिए l
दुग्धेश्वर धामको बिकाश तथा प्रशिद्धिका लागि हामी हाथे मालो गरी अघि बढ्नु पर्ने पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले बताएका थिए l त्यस्तै प्रमुख अतिथि पूर्व मंत्री सुरेन्द्र प्रसाद चौधरीले दुग्धेश्वर धामको धार्मिक सांस्कृतिक र पर्यटकीय प्रचुर सम्भावना बोकेको स्थल रहेकोले सो को बिकाश जरुरी रहेको बताउनु भयो l
