TharuExpress
समाचार समाज स्थानिय

बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइयो कर्फ्यु

वीरगन्ज,०९फागुन:वीरगन्जमा साेमबारदेखि लगाइएको कर्फ्यु बुधबार  बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ।बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेकाे हाे।

वीरगन्जमा साेमबारदेखि दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण उत्पन्न तनावकाे स्थिति साम्य हुदै गएकाेले सर्वसाधारण नागरिककाे सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि साेमबार साँझ देखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मंगलबार राति बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेकाे थियाे ।तर बुधबार बिहान १० बजे फेरि बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले भने अवस्था सामान्य बन्दै गएकाे देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेकाे भुसालले बताए ।

content left

यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेकाे वीरगन्जको अवस्था साम्य पार्न सहमति भएकाे थियाे।उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय-सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएकाे थियाे ।वीरगन्जमा साेमबार हिन्दु धर्मकाे झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलाैज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमतिपनि म‌ंगलबारराति स्थानीय प्रशासनसंग भएकाे हिन्दु समाजका अगुवा रन्जित साहले जानकारी गराएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस

डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय

थारु एक्सप्रेस

लागूऔषध सहित एकजना पक्राउ

थारु एक्सप्रेस